www.tandavnews.com
Fact ~ In search of truth

२६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा बिराैटा बस्ने ३६ वर्षीय ‘राजु’ पक्राउ

पोखरा
ताण्डव न्यूज ।

जबर्जस्ती करणी आरोपमा सोमबार एक पुरुष पक्राउ परेका छन् । २६ वर्षीया युवतीलाई पोखरा ६ खहरेस्थित एक होटलमा लगेर जबर्जस्ती करणी गरेको जाहेरीको आधारमा स्याङ्जा जिल्ला अर्जुनचौपारी घर भई हाल पोखरा १७ बिरौटा बस्दै आएका ३६ वर्षिय राजु भनिने ख्यामबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।

‘डर, त्रास, धाक, धम्की समेत दिई पोखरा महानगरपालिका वडा नं. ६ खहरे स्थित रहेको एक होटलमा लगी महिलालाई जबर्जस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरिएको हो’ कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Batas

उनलाई जबर्जस्ती करणी उद्योग कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.