www.tandavnews.com
Fact ~ In search of truth

तालिबान समूहलाई संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भनेका छन् ।

उनले भनेका छन्, “हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।” उनले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गरेका छन् ।

हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्काे कार्यालय कब्जा गरिरहेको बताएका छन् । हाल अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कि सकेको छ ।

Batas

विदेशी सैनिक फर्किएलगतै तालिबान लडाकूले अफगानिस्तान कब्जा गर्नेगरी कार्यक्रम अघि सारेका छन् र उनीहरु एकपछि अर्काे गरेर अघि बढ्दैछन् । जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ । तालिबानले शहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्ताको सेनाले तालिबानका विरुद्ध कारबाही पनि जारी राखेको छ । जसका कारण पछिल्ला दुई हप्ता यतामात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरबास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकूको भिडन्तमा परेर मारिएका पनि छन् ।

रासस/सिन्ह्वा

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.