www.tandavnews.com
Fact ~ In search of truth

मेथ्लाङमा कार दुर्घटना : एकको मृत्यु २ घाईते

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोटस्थित मेथ्लाङमा आज विहान भएको कार दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । २ जना घाईते भएका छन् ।

ग १ च ७२३४ नंबरको कार दुर्घटना हुँदा नवलपरासीका अन्दाजी ४५ वर्षका बद्री खत्रीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । गम्भीर घाईते अवस्थामा उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Batas

दुर्घटनामा घाईते भएका अन्दाजी २३ वर्षका सपना घोताने र किरण अर्यालको भने पोखराको बाग्लुङ बसपार्क स्थित साहारा अस्पतालमा उपचार भईरहेको छ । दुबैजनाको अवस्था खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै कास्की प्रहरीका डिएसपी सुवास हमालले ताण्डव न्यूजलाई जानकारी दिए ।

विहान ६ बजेतिर सडकबाट तल खसेर कार दुर्घटना भएको भन्दै स्थानीयले जानकारी दिएपछि प्रहरी टोली घटनास्थमा पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी हमालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.