www.tandavnews.com
Fact ~ In search of truth

वेटरको बहानामा यौन शोषण : पोखरा शान्तिनगरस्थित ‘ए वान रेष्टूरेण्ट’की सञ्चालिका अस्मिता राई पक्राउ

पोखरा
ताण्डव न्यूज ।

रेष्टूरेण्टमा वेटरको काम लगाइदिन्छु भन्दै यौन शोषण गर्न लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-६, शान्तिनगरस्थित ए वन रेष्टूरेण्टकी सञ्चालिका २८ वर्षिया अस्मिता राईलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

इलाम माई नगरापालिका घर भई शान्तिनगरमा रेष्टूरेण्ट सञ्चालन गर्दै आइरहेकी राईले रेष्टूरेण्टमा खाजा नास्ता बनाउने र वेटरको काममा लगाइदिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरुलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

Batas

सोमबार पक्राउ परेकी राईलाई कास्की जिल्ला अदालतबाट ३ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । पीडित महिलाहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको डिएसपी हमालले जनाए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.