www.tandavnews.com
Fact ~ In search of truth

नुभिव काण्डसम्बन्धी समाचारको खण्डन

पाेखरा/ताण्डव न्यूज

गत जेठ १६ गते नुभिव प्रकरणको विषयमा प्रकाशित समाचारप्रति सम्बन्धित व्यक्तिले ‘खण्डन गरिदिनेबारे’ लेखिएको पत्रमा ताण्डव मिडियाको ध्यानाकर्षण भएको छ । यस विषयमा प्रेस काउन्सिल नेपालले समेत यस मिडियालाई पत्रमार्फत खण्डन छापिदिन गरिएको निर्देशनलाई आत्मसाथ गर्दै यहाँ स्थान दिइएको सम्पादक अर्जुन गिरीले जनाएका छन् ।

खण्डन गरिदिनेबारे पत्रमा ‘ताण्डव न्यूज डटकमबाट कास्की जिल्ला अदालतमा दायर भईसकेको मुद्दा नम्बर १८३ को ज्यानसम्बन्धी कसुर (मनशायपूर्ण हत्या गरेको) र सम्माननीय अदालतबाट थुनछेकको आदेशसमेत भई मुद्दा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दालाई प्रभाव पार्ने गरी समाचार सम्प्रेषण गरिएको’ उल्लेख छ ।

Batas

खण्डनका अनुसार मृतककी आमा भगवतीकुमारी मैनाली उप्रेतीले ‘नुभिवलाई कुटपिट गरी हिँड्न नसक्ने अवस्थामा भिडियो फुटेजमा स्पष्ट देखिएको, कसैले ट्रयापमा पारेपछि म्यासेज ह्वाट्सएपबाटै फोन आएको, मृतकको भिसेरा रिपोर्टमा अल्कोहल नदेखिएको, मृतकको मानसिक अवस्था असाध्यै ठिक रहेको, मृतकले बाँच्नकै लागि साथीलाई ह्वाट्सएप र इन्स्टाग्राममा पटकपटक फोन गरेको र इन्स्टाग्राममा स्टोरीसमेत राखिएको देखिन्छ’ उल्लेख गरेकी छिन् ।

त्यसैगरी, ‘शरिरमा चोटपटक भएको र पेटमा पानी नभएको र हत्याको कारण पोस्टमार्टम रिपोर्टमा नै हेड इञ्जुरी समेत देखिएको मरणासन्न गरी कुटेको फुटेज बाहिरिएको, कोही कसैलाई मुछ्ने भन्दा पनि बिल तिरेको र बसेको ठाउँको प्रमाणमात्र मागिएको, पटकपटकको कुटपिट नै हत्याको कारण भएको हो’ उप्रेतीको खण्डनपत्रमा उल्लेख छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.