www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बन्दको सामान्य प्रभाव, ८ बन्दकर्ता पक्राउ

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जना बन्दकर्तालाई प्रक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरको बन्दलाई सफल पार्ने उद्देश्य सहित टायर लिएर हिडेका ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले ताण्डव न्यूजलाई बताए ।

Batas

‘हामीले केहीलाई टायरसँगै नियन्त्रणमा लिएका छौ, ‘डिएसपी तिवारीले भने, ‘केहीलाई भने राती १/२ बजेको समयमा कारण बताउनै नसक्ने गरी सडकमा निस्केकालाई ल्याएका छौ । शंकाको घेरामा छन् । उनीहरुलाई सोधपुछ हुन्छ । ’

उनले पोखरामा अहिलेसम्म केही पनि अप्रिय घटना नभएको बताए । डिएसपी तिवारीले घटना रोक्नको लागि चोकचोकमा प्रहरीको तनाथी बाक्लो बनाएको बताए ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई दबाब दिन आज (मंगलबार) नेपाल बन्दको आह्वान गरेको थियो ।

बन्द आह्वानसँगै पोखरामा अति–आवश्यक सवारी साधनसँगै सामान्य मात्रामा निजी सवारी साधान चलेका छन् । भने अन्य सार्वजनिक सवारी साधनहरु भने गुडेका छैनन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.