www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनको भनाइ छ ।

Batas

विसं २००५ जेठ ५ गते तनहुँको राम्चेमा जन्मनुभएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताए । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.