www.tandavnews.com
Fact ~ In search of truth

परियारलाइ लोक दोहोरी प्रतिष्ठान पर्वतको सहयोग

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पर्वतले कलकार जयराम परियारलाइ आर्थिक सहयोग गरेको छ । घर बनाउने क्रममा लडेर दाहिने खुट्टा फ्याक्चर भएका परियारलाइ प्रतिष्ठान पर्वतले उनकै घर पाङ ततरकोट पुगी नगद दश हजार प्रदान गरेको हो ।

प्रतिष्ठान पर्वतका अध्यक्ष दिपक गदालले कलाकारलार्इ समस्या पर्दा संस्था सदैव लागि पर्ने बताए । उनले उपचारमा आवश्यक परे प्रतिष्ठान प्रदेश र केन्द्रमा समेत पहल गर्ने जनाए । प्रतिष्ठानको सहयोग र आफु प्रति गरेको चासोले साच्चिकै मन प्रफुल्लित भएको परियारले बताए । उनि प्रतिष्ठान पर्बतका कार्यसमिति सदस्य हुन ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.