www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

काठमाडौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् ।

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।

Batas

छनोट भएका उम्मेदवारमा रिब्दीकोट–७ पाल्पा निवासी कृष्णबहादुर कार्की, ललितपुर–२३ निवासी डा केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापा निवासी प्रविन पन्दाक, शिवसताक्षी, झापा निवासी रमेश घिमिरे र आँटफैला नवलपरासी निवासी डा रमेशकुमार भण्डारी रहेका छन् ।

समितिको सूचनाअनुसार छनोटमा परेका उम्मेदवारका लागि आगामी आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताकोे मिति तय गरिएको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसिइओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो ।

समितिले उल्लेखित उम्मेदवारबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.