www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा मतदान सुरु

अर्जुन गाहा ( सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । पोखरास्थित जिल्ला निर्वाचन कार्यालय कास्कीमा मतदान सुरु भएको हो ।

दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा तीन क्लस्टरका ६ उमेदवारहरू चुनावी मैदानमा छन् ।

Batas

गण्डकीमा ८५ स्थानीय तहका १७० जनप्रतिनिधि र ५९ प्रदेशसभा सदस्यसहित कुल २२९ मतदाता छन् ।

सत्तारूढ गठबन्धनका तर्फबाट महिला क्लस्टरमा नेपाली कांग्रेसकी कमला पन्त, नेकपा (माओवादी केन्द्र)का सुरेश कुमार आलेमगर र दलित क्लस्टरमा माओवादी केन्द्रकै भुवनबहादुर सुनार उमेद्वार छन् ।

प्रतिपक्षी नेकपा (एमाले)का तर्फबाट पुण्यप्रसाद पौडेल, दलित क्लस्टरमा अर्जुन कुमार सुनाम र महिलामा लीला थनेत उमेदवार छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.