www.tandavnews.com
Fact ~ In search of truth

धादिङको चालिसेमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु

धादिङ, ताण्डव न्यूज ।
धादिङमा माइक्रोले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति धुनिवेशी नगरपालिका ७ चालिसेमा माइक्रोले ठक्कर दिंदा उदयपुरको बेलका नगरपालिकाका ४२ वर्षका दुर्गा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका घिमिरेको शिक्षण अस्पताल काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ४३३८ नम्बरको माइक्रोले घिमिरेलाई ठक्कर दिएको हो । ठक्कर दिने माईक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.