www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ः कोभिड-१९ सहयोग उपसमितिको आय-व्यय सार्वजनिक

गंगा भुजेल/सृजना शर्मा
पोखरा,ताण्डव न्यूज ।

कोभिड–१९ सहयोग उपसमिति पोखरा–२१ ले आय–व्यय सार्वजनिक गरेको छ । बुधबार कार्यालयमा वडा अध्यक्षसहित सदस्य समक्ष उपसमितिका तर्फबाट संयोजक अर्जुन गिरीले आय–व्यय सार्वजनिक गरेका हुन् ।

समितिको संयोजक गिरीले कुल आम्दानी ५ लाख ४४ हजार ७१ रुपैँया आम्दानी रहेको र खर्च भने ४ लाख ९३ हजार ७ सय ३४ रुपैँया भएको जानकारी दिए । त्यसैगरी बचत ५० हजार ३ सय ३७ रुपैँया रहेको संयोजकले बताए । कोभिड महामारीका बेला वडा–२१ मा कोभिड नियन्त्रण गर्न गत वर्ष सहयोग गर्नका लागी सर्वोदलीय बैठकले उपसमिति चयन गरेको थियो ।

Batas

संयोजक गिरीले आय–व्यय सार्वजनिक गर्दै आम्दानी विवरण र खर्च भएको बिलसहित वडामा दिएका थिए । संयोजक गिरीले आवश्यक परेमा विगतमा भन्दा अझ बढी खटिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । “कोभिड महामारीका बेला मन फराकिलो गरेर सहयोग गर्ने हातहरु प्रति आभार प्रकट गर्न चाहान्छु”, उनले भने, “मनकारीहरुको सहयोगबाट नै हाम्रो उपसमितिले खटिएर काम गर्ने र सेवा गर्ने अबसर पायो ।” संयोजक गिरीले समिति मात्र नभएर वडा अध्यक्ष पनि खटिएको भन्दै आभार प्रकट गरे । “उपसमिति जस्तै वडा अध्यक्ष खगराज आचार्य खटिनु भयो जसका कारण हामीलाई अझ सहज भयो”, उनले भने, “वडाले हामीलाई पुर्ण अधिकार दिएको हुनाले नै हामी सफल भएको महसुस गर्दछौ ।”

पोखरा–२१ का वडा अध्यक्ष खगराज आचार्यले कोभिडका बेला गिरीको संयोजकत्वमा भएको उपसमितिले उल्लेखनिय काम गरेको बताए । “त्यस्तो महामारीको बेलामा पनि समिति स्वयम घर घरै पुगेर बिरामीलाई आवश्यक पर्ने सामाग्री र औषधी बाढेका थिए”, उनले भने, “कोरोना भन्ने बित्तिकै डराउने बेलामा आफु सचेत भएर उपसमितिले पूर्ण रुपमा आफ्नो जिम्मेवारी पुरा गरेको थियो ।” आचार्यले अहिले पनि कोरोनाको समस्या रहेको हुँदा आवश्यक परे यही उपसमितिले बिगतमा जस्तै खटिनुपर्ने बताए ।

गिरीको संयोजकत्वमा रहेको उपसमितिका सदस्य कृष्ण बाहादुर थापा मगर, सिता वि.क., केबल गिरी र खिम बहादुर वि.क. रहेका थिए । सदस्य मगरले समाजको निम्ति काम गर्न पाउँदा निकै खुसी लागेको बताए ।

गिरीका अनुसार सहयोग आएको रकम यसप्रकारका छन् वडाध्यक्ष खगराज आचार्य २९ हजार, पदम भण्डारी ५० हजार, चन्द्रकान्त भण्डारी ५० हजार, सुवास अधिकारी २५ हजार ५ सय ५५, दीपक गिरी ११ हजार १ सय ११, नवराज भण्डारी १० हजार, सुरज थापा मगर ५ हजार, कमला गुरुङ्ग ५ हजार, भुमिका गिरी ९ हजार ९ सय ९९, अनिल अधिकारी १० हजार, दीपक गिरी ५ हजार, दीपक अधिकारी १० हजार, हिमाल गुरुङ्ग १५ हजार, सुनिल गिरी (अर्जुन) ५१ हजार, विद्या भट्टराई ४० हजार, प्रविन लामिछाने ७५ हजार ३ सय २०, कोरिया १ लाख १७ हजार ८७, विजय गिरी ५ हजार, उद्धव गिरी ५ हजार, र अन्जु गिरी १५ हजार गरी जम्मा ५ लाख ४४ हजार ७१ आएको बताए ।

त्यसैगरी जिन्सी सहयोग दाता लायन्स क्लब अफ पोखरा गलेश्वर सेन्चुरीद्धारा फेस सिल्ड ४० वटा, फेस मास्क १० प्याकेट, सर्जिकल ग्लोब्स १ प्याकेट, एसएल सेनिटाइजर १ ग्यालिन सहयोग, रोशन श्रेष्ठद्धारा मस्क १५० पिस, सेनिटाइजर ४ पिस, ग्लब्स ५ सेट, फेस सिल्ड ४ पिस सहयोग, आर्दश समाज अन्र्राष्ट्रिय समन्वय परिषद र कास्की परिवार दक्षिण कोरिया सहयोगमा एक थान अक्सिजन कन्सन्टे«टर, पल्स अक्सिमिटर, र्थमल गन र अक्सिजन मास्क लगायत प्याकेज, विश्व शंकर पालिखे र अर्जुन खनालद्धारा ४० लिटरको ३ वटा सिलिन्डर, एक्सपट एजुकेशन एण्ड भिजा सर्भिस प्रालि पोखराद्धारा एक थान अक्सिजन कन्सन्टे«टर सहयोग आएका गिरीले जानकारी दिए ।

खर्च भने अक्सोमिटर १२ वटा १९ हजार २ सय, ग्लब्स र मास्क १३ हजार ५ सय ९, अक्सिन सिलिण्डर भरेको र ल्याएउको ६ हजार ५ सय , अक्सोमिटर र थर्मोमिटर २४ हजार, अक्सोमिटर ६ हजार ८ सय, औषधी बाड्दा गाडी रिर्जवको ४ हजार, प्रताप सरलाई औषधी र पानीको २२ हजार २ सय २५, कृष्ण सरलाई एल्मोनियम जोड्दा ३० हजार, ग्यास ८ वटा सिलिन्डरमा भरेको ४ हजार, सिलिन्डर ल्याएको ३ हजार ५ सय, चर्पी बनाउन ठेककेदारलाई एडवान्स ६० हजार र कृष्ण एल्मोनियम ५० हजार गरी जम्मा ४ लाख ९३ हजार ९ सय ३४ भएको बताए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.