www.tandavnews.com
Fact ~ In search of truth

मेयर जिसीले गरे आकासे पुलको उदघाटन

पोखरा
ताण्डव न्यूज ।

गत असारमा निर्माण सम्पन्न भएको पोखराको सिर्जनाचोकको आकासे पुलको ८ महिनापछि उद्धघाटन गरिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पुल (ओभरहेड ब्रिज) को आइतबार साँझ उद्धघाटन गरेका हुन् ।

पछिल्लो समय बढ्दो सवारी साधनको चाप र उस्तै जनघनत्वसँगै पैदल यात्रीलाई सहज होस भनी निर्माण भएको पुलको पोखरा महानगरपालिकाको अगुवाईमा पोखराकै पहिलो आकाशे पुल निर्माण भएको हो । महानगरपालिकाको २ करोड १५ लाख ७ हजार ४ सय १९ रुपैयाँ लागतमा निर्माण गरिएको इन्जीनियर अनिल आचार्यले जानकारी दिए । आकासे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य समेत रहेका तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । पुल २०७७ वैशाख १ गते उद्घाटन गर्ने योजना थियो । २०७६ जेठ ५ गते आकासेपुल निर्माणका लागि सम्झौता भएकोमा २०७७ साउन २७ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

Batas

कोभिड १९ का कारण पुल २०७८ असार २७ गते निर्माण सम्पन्न भएको हो । पुलको उचाई ८ मिटर रहेको छ । केएम÷जेबीएनएस पोखरा जे÷बी पोखरा १७ ले आकासे पुल निर्माण गरेको हो । ‘यस्तो डिजाइनको आकासे पुल नेपालमा पहिलो पटक बनेको छ,’ इन्जिनियर बाबुराम भण्डारीको दाबी गर्दै भने, ‘एक ठाउँबाट आकासे पुलमा चढेपछि चारै तिरबाट झर्न मिल्छ । आकासे पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनमाथिका सबै संरचना स्टिलबाट बनाइएको छ ।’

उद्धघाटनपछि मेयर जिसीले सिर्जनाचोकपछि पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा समेत आकासेपुल निर्माण गरिने जानकारी दिए । ‘५ ठाउँमा आकासे पुल निर्माणका लागि अध्ययन भइरहेको छ,’ उनले भने, ‘‘पोखरा सहरलाई सहरको रुपमा चिनाउन आकासे पुल निर्माण गरेका हाैेँ ।’

पुलमा बत्ती व्यवस्थापनको काम अझै बाँकी रहेको जिसीले बताए । उपमेयर मञ्जुदेवी गुरुङले वडा नम्बर ८ का जनप्रतिनिधि तथा स्थानीयले आकासेपुल निर्माणमा सहयोग गरेको बताइन् । पुलको रेखदेख तथा संरक्षणमा समेत ध्यान दिन उनले आग्रह गरिन् ।

पोखरा महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले पार्टीको घोषणापत्र अनुसार आकासे पुल निर्माण गरको उल्लेख गरे । पछिल्लो समय यो पुल टिकटक बनाउनेको लागि भाइरल पुल जस्तै बनेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.