www.tandavnews.com
Fact ~ In search of truth

एमसिसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : उपसभापति गुरुङ

चितवन ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन् ।

“एमसिसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ । देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ ।” उपसभापति गुरुङले भने, “हाम्रै कारणले वैदेशिक शक्ति एमसिसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ ।” नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो ।

Batas

एक फरक प्रसङ्गमा उनले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसद्मा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.