www.tandavnews.com
Fact ~ In search of truth

टि-२० विश्वकप छनोट: नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ ।

ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत अन्तिम खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

नेपाल लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्ने दाउमा छ भने क्यानडा पनि सोही रणनीतिमा छ । खेलमा नेपाल सामान्य अन्तरले पराजित हुँदा पनि सेमिफाइनल पुग्ने सम्भावना छ ।

Batas

नेपाल २ खेलमा ४ अङ्कका साथ शीर्षस्थानमा छ । नेपालको नेटरनरेट ४.३७५ छ । क्यानडा २ खेलमा १ मा जित र १ म हार सहित २ अङ्कका साथ दोस्रो स्थानमा छ । क्यानडाको रेटरनरेट २.५१२ छ । नेपालको नेटरनरेटलाई पछि पार्न क्यानडाले लगभग ३७ रनभन्दा माथिको अन्तरले जित्नुपर्छ ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.