www.tandavnews.com
Fact ~ In search of truth

युक्रेन भ्रमणमा नजान परराष्ट्र मन्त्रालयकाे आग्रह

काठमाडौँ ।

युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली राजदूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौलागाईं, सम्पर्क नम्बर ४९१७०९८०८०६३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Batas

यस्तै मन्त्रालयले सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका सुशील मिमिरे (कार्यवाहक राजदूत , ७९६८०७०२८१५) लाई समेत सम्पर्क गर्न सकिने जनाएको उल्लेख छ ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.