www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी नियन्त्रणमा पल शाह

दमौली ।

जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए ।

Batas

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.