www.tandavnews.com
Fact ~ In search of truth

मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन चैत ५ मा तय

काठमाडौँ।

मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ । ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सातवटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए । फाण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता भण्डारीको ‘जबज’ को विचारलाई प्रवद्र्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षमा सहयोग गर्दै आएको छ ।

Batas

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.