www.tandavnews.com
Fact ~ In search of truth

दुलेगौडा-कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो

दमौली ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताए । स्थानीयवासीले शुक्रबार कोत्रेमा १५ मिनेट र शनिबार हलेदीमा ३० मिनेट राजमार्ग अवरुद्ध गरेका छन् । “हामीले राज्यलाई तिर्नुपर्ने सब कर तिरेका छौँ, तर पनि हाम्रो माग पूरा हुँदैन, सधैँ धुलो खाएर बस्नुपरेको छ”, उनले भने ।

Batas

सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको स्थानीय युवा शङ्कर पन्तले जानकारी दिए । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको पन्तले बताए । “सम्बन्धित निकायमा गयो, माग सुनुवाइ हुँदैन, आन्दोलन गर्नुको विकल्प छैन”, उनले भने ।

सडकखण्ड धुलाम्य हुँदा यस ठाउँका स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् । यस ठाउँको विभिन्न खण्डमा सडक भत्किँदा दुई पाङ्ग्र्रे सवारी दुर्घटनामा पर्ने गरेका छन् ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.