www.tandavnews.com
Fact ~ In search of truth

देउराली दर्शन गरेर सुरु भयो माछापुच्छ्रे कांग्रेसको चुनावी अभियान

माछापुच्छ्रे ।

नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाले आज(आइतबार)देखि औपचारिक चुनावी अभियान सुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका उम्मेदवारहरुले सार्दीखोलास्थित काभ्रे गाउँको देउराली मन्दिरको दर्शन गरेर प्रचारप्रसार एवं घरदैलोको औपचारिक सुरुवात गरेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिका अध्यक्ष उम्मेदवार मिन बहादुर गुरुङ र उपध्यक्ष उम्मेदवार सिता अधिकारीले संयुक्त रुपमा अभियान शुभारम्भ गरे ।

Batas

अभियानको सुरुवात गर्दै अध्यक्ष उम्मेदवार गुरुङले गाउँपालिकाको समृद्धि र विकासकालागि उम्मेदवारी भएको जनाए । लोकप्रियता र प्रचारवाजीकालागि नभएर पालिकामा सूशासन र व्यवहारिक उपलब्धिकालागि उम्मेदवारी दिएको गुरुङले बताए । उपलब्ध स्रोतकहरुको सहि व्यवस्थापन हुन नसक्दा पालिका पछि परेको उल्लेख गर्दै उनले स्रोतको सहि व्यवस्थापन र सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले महिलाहरुको हकहितका लागि कुनै गुनासो नरहने गरि काम अघि बढाउने बताइन् । न्याय सम्पादनमा पालिकालाई अब्बल बनाउँदै योजनाबद्ध रुपमा दिर्घकालिन रुपमा छाप रहने गरि कार्य गर्ने उनले दाबी  गरिन् ।

देउराली दर्शनपछि उम्मेदवारहरुले मतदाता भेटघाट सुरु गरेका थिए।

नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाका सभापति बिरेन्द्र गुरुङ्गले मतदाताको आकर्षण कांग्रेसमा बढ्दै गएको उल्लेख गर्दै विजय सुनिश्चित रहेको जनाए । पालिका अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडामा मतदाताले कांग्रेसलाई नै जिताउने उनको विश्वास छ ।

नेपाली काँग्रेस माछापुच्छ्रे –२का कार्यवाहक सभापति छविलाल गरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समिती संयोजक खुशीमान गरुङ्ग, माछापुच्छ्रे – २ का प्रचार प्रसार संयोजक मुम्जमान गरुङ्ग, जिल्ला प्रतिनिधि सुदोय गौतम, क्षेत्रिय सचिव मेख बहादुर क्षेत्री लगायतले उम्मेदवारहरुलाई शुभकामना व्यक्त गरेको मिडिया संयोजक विजय लम्सालले जानकारी दिए ।

अभियान शुभारम्भको अवसरमा कांग्रेसका तर्फबाट वडाहरुका उम्मेदवारहरु, नेता, कार्यकर्ता लगायत शुभेच्छुकहरुको उपस्थिती थियो ।

साथै, उक्त कार्यक्रममा ५ जना एमालेमा आवद्धहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.