www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा गठबन्धनको उद्घोष १ समूह, १ उत्पादन

पोखरा।

परम्परागत कृषि प्रणाली हराउँदै छ, व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ ।

यस्तो अवस्थालाई चिर्न पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे ।

Batas

आचार्यले गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत लगानीका लागि महानगर बैंक ग्यारेन्टी ऋणको व्यवस्था गरिने जनाए । गठबन्धनमा कांग्रेसको तर्फबाट उपमेयर उम्मद्वार कोपिला रानाभाटले टोल टोलका आमा समूहहरु उत्पादनमा जोडिए चाडै पोखरा आत्मनिर्भर बन्ने बताइन् ।

उनले पोखरेलीलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा समेत सघाउने उल्लेख गरिन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी गठबन्धनका उम्मद्वारहरु घरदैलोमा छन् । पोखरालाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन सोही अनुरुपमा संरचना र विकासको खाँकासहित गठबन्धनका उम्मेदवारले मत मागिरहेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.