www.tandavnews.com
Fact ~ In search of truth

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

भादगाउँ।

चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिए। त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.