www.tandavnews.com
Fact ~ In search of truth

कामपा–४ मा एमालेको प्यानलै विजयी

काठमाडौँ।
काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन् ।

 

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा सन्ध्यदेवी खनाल र दलित महिला सदस्यमा कलपना सार्की (वयल्कोटी) विजयी भएकाे जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

 

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् ।

 

त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २० हजार ९९० मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले ११ हजार ८३ मत प्राप्त गरे । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले १० हजार २९८ मत प्राप्त गरेकी छन् ।

 

त्यस्तै उपप्रमुख पदका लागि एमालेका उम्मेदवार सुनिता डङ्गोल २० हजार ५९० मतका साथ अग्रस्थानमा छिन् भने नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रामेश्वर श्रेष्ठले सात हजार १९५ मत प्राप्त गरेका छन्। कामपामा हालसम्म ५५ हजार १४६ मत गणना भइसकेको बताइएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.