www.tandavnews.com
Fact ~ In search of truth

दोहोरिएको मन्त्री आलेको लाजभाँड, सचिवालयको ‘डिफेन्स’ आउन बाँकी

पोखरा
ताण्डव न्यूज ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल अडियो बाहिरिएको छ । मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अघिकारीलाई कार्यकक्षमा बोलाएर हातपात र गालिगलौज गरेको अडियो बाहिरिएको हो ।

अन्नपूर्ण पोष्टले सार्वजनिक गरेको अडियोमा मन्त्री आलेले एयरलाइन्स अध्यक्ष अधिकारीलाई अश्लिल शब्द (लाजभाँड) प्रयोग गर्दै थर्काएका छन् । ‘के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस् तैंले ? के गर्छस् ? सेन्टरमा तान्दिन्छु भोलि,… *(अश्लील शब्द),’ सार्वजनिक अडियोमा मन्त्री आलेले भनेका छन् ।

Batas

गत फागुनमा एक युवालाई मन्त्री आलेले यसरी नै गालि गरेका थिए । अडियो सार्वजनिक भएपछि मन्त्रीको सचिवालयले तथ्यहिन आरोप लगाएको र बदनाम गराउन अडियो सार्वजनिक गराएको भन्दै डिफेन्स गरेको थियो । अछाम घर भई भारतको मुम्बई बस्दै आएका जगत ओलीलाई मन्त्ती आलेले ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएका थिए ।

त्यहिँ हर्कत मन्त्रीले एयरलाइन्स अध्यक्षमाथी दोहोर्याए । सञ्जालमा छ्यापछ्याप्ती भइरहेको पछिल्लो अडियोलाई लिएर मन्त्रीको सचिवालयले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.