www.tandavnews.com
Fact ~ In search of truth

कास्की क्षेत्र नं ३(क)का लागि म नै सशक्त उम्मेदवार : सहसचिव ढुङ्गाना

पोखरा ।

आम निर्वाचन नजिकिएसँगै राजनीतिक गतिविधिले तिव्रता पाइरहेका छन् । बैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि केही मत्थर देखिएका जिल्ला, प्रदेशका राजनीतिकर्मीहरु आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि कम्मर कस्दै छन् ।

निर्वाचनकै लागि नेपाली कांग्रेसले भदौ २० सम्म उम्मेदवार हुन ईच्छुकहरुको नाम मागेको छ । देशभरका क्षेत्रबाट कतिपय क्षेत्रहरुमा एक मात्रै नाम सिफारिस भएका छन् भने अधिकांश क्षेत्रमा उम्मेदवारका लागि उल्लेख्य आकांक्षी छन् । कतिपय क्षेत्रहरुमा सहमतिसहित सिफारिसको तयारी हुँदैछ ।

Batas

यसै मेसोमा नेपाली कांग्रेस कास्कीले पनि उम्मेदवारका आकांक्षीहरुको नाम संकलन गरेको छ । जसअनुसार कास्की क्षेत्र नं ३ (क) मा शंकर ढुङ्गाना लगायत उम्मेदवारका लागि इच्छुक देखिएका छन् । ढुङ्गाना हाल कास्की कांग्रेसका सह सचिव हुन् ।

पार्टीमा सबै तहका नेता, कार्यकतामाझ सालिन छवि बनाएका ढुङ्गानालाई नेपाल विद्यार्थी संघ र तरुण दल कास्कीको सचिव भएर संगठन हाँकेको अनुभव छ । कास्की क्षेत्र नं ३ का क्षेत्रीय सदस्य समेत भइसकेका उनि तरुण दलको केन्द्रिय पार्षद समेत हुन् ।

ढुङ्गाना कास्की कांग्रेसको कार्यसमिति सदस्य हुँदै पछिल्लो पटक सहसचिवमा निर्वाचित भएका हुन् ।

पोखरा १९, पुरन्चौर निवासी ढुङ्गानाले आफू क्षेत्र नं ३(क)का लागि उपयुक्त उम्मेदवार रहेको दाबी गर्छन । विद्यार्थी राजनीतिको सशक्तता र पार्टी राजनीतिको वैचारिकतालाई समिश्रण गर्दै समाजको वर्तमान मागलाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी अपरिहार्य उनको भनाई छ ।

‘अब हेर्नुस्, राजनीतिक सशक्तताको कुरा गर्ने हो भने, म विद्यार्थी राजनीतिबाट आएको हुँ । आम युवाहरुको नेतृत्व र भावना बुझेको छु । पछिल्लो समय पार्टी राजनीतिमा मेरो सशक्तता देख्नुभएकै छ । वैचारिक राजनीतिको अनुभव पनि म सँग छ ।’, ढुङ्गाना भन्छन्,‘समाजसँग त म हरसमय जोडिएको छु । यसर्थ, सबैलाई समेटेर अघि बढ्न सक्ने भएकै कारण मैले उम्मेदवारका लागि दाबी गरेको हुँ ।’

यस क्षेत्रका लागि कास्की कांग्रेस सहसचिव ढुङ्गानासँगै उमेश पराजुली, विष्णुबहादुर क्षेत्री महासमिति सदस्य खुशिमान गुरुङ, नगर सभापति सुरेन्द्रमान विजुक्छे, मिना सुवेदी,केशव अधिकारी(राजु), बिरेन्द्र गुरुङ,सूर्य खड्का, विष्णुप्रसाद अधिकारी, दीपक पौडेल लगायतले आफ्नो नाम सिफारिसका लागि निवेदन दिएका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.