www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेस हाइड्रोपावरकाे आईपीओ आउदै

पोखरा ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.