www.tandavnews.com
Fact ~ In search of truth

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।  बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ ।

बैठकमा यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरूले बताएका छन्। यसैगरी, बैठकमा विभिन्न दलसँग चुनावी तालमेल गर्ने, नगर्ने भनने बारे छलफल गरिने जनाइएको छ।

उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.