www.tandavnews.com
Fact ~ In search of truth

एमाले भर्सेस गठबन्धनः कास्कीको ‘इलेक्सन रिङ’मा को-को छन् ?

पोखरा
ताण्डव न्यूज ।

कास्कीका प्रमुख दलले उम्मेदवार टुङ्ग्याएका छन् । यहि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनकालागि उम्मेदवारको नामावलीलाई दलहरुले फाइनल टच दिएका हुन् ।

जसअनुसार, कास्की १ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेका मनबहादुर गुरुङ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल भिड्ने छन् । कास्की २ मा एमालेबाट विद्या भट्टराई र नेकपा(एस)का श्रीनाथ बराल चुनावी मैदानमा हुनेेछन् भने कास्की ३ बाट एमालेका दामोदर बैरागी र माओेवादी केन्द्रका रामजीप्रसाद बरालबिच प्रतिस्पर्धा हुने छ ।

Batas

यस्तै प्रदेश सभा तर्फ क्षेत्र नं १(क)मा एमालेका खगराज अधिकारी र माओवादी केन्द्रका दीपक कोेइराला चुनावी मैदानमा हुनेछन् भने क्षेत्र नं १(ख)मा एमालेका बेदबहादुर गुरुङ र नेपाली कांग्रेसका दीपक गुरुङ हुनेछन् । क्षेत्र नं २(क)मा एमालेका भिम कार्की र माओवादी केन्द्रका बिश्वप्रकाश लामिछाने भिड्ने छन् भने क्षेत्र नं २(ख)मा एमालेबाट मिना गुरुङ र कांग्रेसबाट बिन्दुकुमार थापा इलेक्सन रिङमा हुनेछन् ।

प्रदेश सभा सदस्यकै लागि क्षेत्र नं ३ (क)मा एमालेका गणेशमान गुरुङ र माआवादी केन्द्रका दुर्गादत्त भण्डारीले टिकट पाएका छन् । क्षेत्र नं ३(ख) मा एमालेका राजीब पहारी र कांग्रेसका प्रकाश बरालबिच प्रतिस्पर्धा हुने छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.