www.tandavnews.com
Fact ~ In search of truth

राप्रपा ‘कास्की-२’: सुवर्णको उम्मेद्वारी किन ?

पोखरा
ताण्डव न्यूज ।

यहि मंसिर ४ गते देशैभर प्रतिनिधि र प्रदेश सभा सदस्यका लागी निर्वाचन हुँदैछ । निर्वाचन आयोगमा उम्मेद्वारी दर्तापछि दलहरु आफ्ना उम्मेद्वार जिताउन कस्सिएका छन् ।

कास्कीमा पनि चुनावी माहौैलले गति लिँदै छ । क्षेत्र अनुसार पार्टीका कार्यकर्ताहरु मोेबिलाइज भइसकेका छन् ।

Batas

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पनि शुभेच्छुक भेटघाटलाई अघि बढाइरहेको छ ।

कास्की क्षेत्र नं २ मा राप्रपाका तर्फबाट प्रतिनिनिधि सभा सदस्यका उम्मेद्वार सुवर्ण राज पन्त पनि मतदाता कन्भिन्सका लागि खटिइरहेका छन् । उमेरले ३२ टेकेका सुवर्ण पर्वतस्थित फलेवासमा जन्मिएका हुन् । उनको बसाई पोखरा ८, सिर्जना चोेकमा छ ।

फार्मेसीमा डिप्लोमा गरेका उनी फार्मेसीमै ब्याच्लरमा अध्ययन गरिरहेका छन् ।

संघियता खारेजी र स्थानिय तहको पुनः संरचनाको मुद्धासहित यतिबेला उनि कास्की क्षेत्र नं–२ को चुनावी मैदानमा छन् ।

राप्रपा नेपालको जिल्ला कमिटि सह–सचिव, जिल्ला मोर्चा सदस्य र गत स्थानिय तह निर्वाचनमा पार्टी सचिवालयमा रहेर काम गरेका उनले संवैधानिक राजसंस्था र हिन्दु राज्यको मुद्धालाई महत्वका साथ उठाउँदै आएका छन् ।
१० वर्षसम्म लियो क्लव अफ पोखरा पिस चौतारीको जिम्मेवारी, नेपाल फर्मेसी संघको सचिव, नेपाल स्वयंसेवी रक्तदाता समाजको आजिवन सदस्य, उर्जा ल्याब प्रा.लिको सल्लाहकार, होटल बिल्लाबंग गार्डेनको सल्लाहकार, बिल्लाबंग प्यारागलाईडिङको निर्देशक र सेवारो टेक्नोलोजि प्रा.लिको निर्देशक समेत रहेका उनि नीति निमार्ण गर्दा देश र जनता केन्द्रित रहेर बनाइनुपर्नेमा अडिग छन् ।

उनको म्याजिक मेटी कन्सर्न, एस.आर म्याजिक सप्लायर्स, मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, सञ्चार सहकारी र अनुपम सहकारी लगायत संघ संस्थाहरुमा ब्यावसायीक संलग्नता छ ।

उनले शिक्षा स्वास्थ्य रोजगारी प्राकृतिक सम्पदाको संरक्षण युवा उद्दयमशिलता आफ्नो प्रमुख प्रथामिकतामा रहेको बताए ।

‘समृद्ध कास्की, खुशी कास्केली’ लाई आत्मसात् गर्दै सामाजिक , ज्येष्ठ नागरिक सुरक्षा, बैज्ञानिक कृषि प्रणाली, पर्यटन,खेल, लैङ्गीक समानता, महिला सशक्तिकरणसँगै भ्रष्टाचार नियन्त्रणलाई प्रथमिकतामा राखेर कार्यान्वयन गर्ने उद्धेश्यसहित अघि बढेको जनाए । उनको चुनाव चिन्ह हलो हो ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.