www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ र ३३ लाई ग्रीन हिल सिटीको रुपमा विकास गर्ने एमाले उम्मेदवार कार्कीको योजना

पोखरा।
नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले गण्डकी प्रदेशका तीन जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने बताएका छन् ।

विगतमा सुरुवात भएका महत्वपूर्ण काम पुरा गर्ने र सो दुई वडाको एकीकृत विकास मार्फत स्याङ्जा , कास्की र तनहुँको महत्वपूर्ण सुविधा सम्पन्न ग्रीन हिल सिटीको रूपमा विकास गरिने भन्दै त्यसका लागि एमालेको बहुमत सहितको प्रदेश र केन्द्र सरकार आवश्यक भएको उल्लेख गरे ।

आफ्नो निर्वाचन क्षेत्र कास्कीको दक्षिणी भेगमा पर्ने पोखरा २१ र ३३ का जनतासँग साक्षात्कार गर्ने क्रममा कार्कीले जनस्तरको सहभागितामा विकासका महत्वपूर्ण पूर्वाधारउन्मुख हुँदै गरेका सो वडाहरुका ग्रामीण क्षेत्रको समृद्धि पहिलो प्राथमिकता राख्ने उल्लेख गरे ।

Batas

कृषि र पर्यटनको प्रचुर विकासको संभावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिबवता छ ।
हिजोका आफ्नो पार्टीका निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रमा न्युनतम पूर्वाधार सहित स्याटेलाइट सिटी निर्माणको जग निर्धारणका लागि एकीकृत विकासको मोडल मुताविक सो अवधारणा अघि सारेको उल्लेख गरे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.