www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा निर्वाचनको तयारी

कास्की ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कास्कीमा तयारी तीव्र बनाएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा निर्वाचन सामग्री जिल्लामा आइसकेको प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशले जनाएको छ ।

पोखरामा आएको सामग्रीबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको प्रदेश निर्वाचन कार्यालय, गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । “निर्वाचन आयोगबाट मतपत्र ढुवानी गर्ने काम गरिरहेको छ । जसअन्तर्गत कास्कीमा निर्वाचन सामग्री आइसकेको छ”, उनले भने, “निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको छ भने प्रदेश कार्यालयबाट सामान सुरक्षित गर्ने काम भइरहेको छ ।” मतदान अधिकृत नियुक्ति भइसकेपछि जिल्लाका एक सय ५० मतदान केन्द्रमा पु¥याउने उनले बताए ।

Batas

कार्यालयले जनशक्ति व्यवस्थापनको काम पनि अघि बढाइरहेको उनले जानकारी दिए । “प्रदेश निर्वाचन कार्यालयले सम्पूर्ण शिक्षक कर्मचारीको विवरण तयार गरी निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइसकेको छ”, उनले भने, “मतदान अधिकृतहरु यही २१÷२२ गतेतिर नियुक्ति हुनुहुन्छ । उहाँहरुको तालिम सकिएपछि पोखराको कार्यालयमा आएको सामग्री लिएर खटाइएको केन्द्रमा जानुहुन्छ ।”

आगामी मङ्सिर १ गते नै मतदान अधिकृतसँगै सामग्री मतदान केन्द्रमा पुग्ने उनले जानकारी दिए । कास्कीसहित गण्डकी प्रदेशका केही जिल्लामा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिँदै छिट्टै ११ वटै जिल्लामा सामान पुग्ने उनले बताए । निर्वाचनमा ७० किसिमका सामग्री प्रयोगमा आउने भएका छन् । स्थानीय तहमा जस्तै यो चुनावमा पनि मास्क र स्यानिटाइजर थप भएका छन् । आयोगको सूचीमा मतपत्र र मतपेटिकासँग समान्यभन्दा सामान्यदेखि महत्वपूर्ण सामग्रीलाई समेटिएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन तयारी तीव्र बनाउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भाएको र उजुरी परेको उनले जानकारी दिए । कार्यालयमा परेका उजुरी उपर कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।

निर्वाचनमा सुरक्षा प्रयोजनका लागि कास्कीमा एक हजार पाँच सय ९६ म्यादी प्रहरी परिचालन गरिने भएको छ । हाल भर्ती भएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकासहित जिल्लाका चार गाउँपालिकामा उक्त सङ्ख्यामा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइने भएको हो ।

म्यादी प्रहरीलाई आवश्यक तालिम दिइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

कास्कीमा भर्ना भएका म्यादी प्रहरीलाई शुक्रबारदेखि नै कार्यक्षेत्रमा खटाइएको प्रनाउ तिवारीले जानकारी दिए । “उनीहरुलाई तालिम दिने काम सकिएको छ पोसाक लिएर उनीहरु कार्यक्षेत्रमा खटिइसकेका छन्”, उनले भने, “म्यादी प्रहरीहरुको काम असोज ३० गतेदखि नै सुरु भएको हो । उनीहरुको काम निर्वाचन सकिएको चार÷पाँच दिनसम्म हुन्छ ।”

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.