www.tandavnews.com
Fact ~ In search of truth

केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा. कोइरालाको प्रतिबद्धता

मध्यविन्दु (नवलपरासी पूर्व) ।

नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।

Batas

नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिएका हुन् । खोलाको दुबै छेउमा पाँच/पाँच सय मिटरको ड्याम बाध्नुपर्नेमा ५० मिटर मात्रै छेकबार लगाइएको छ ।

स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले धनजनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताए ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.