www.tandavnews.com
Fact ~ In search of truth

दलित समुदाय भन्छन्, ‘विन्दु थापाले अझै मौका पाउनुभएको छैन’

पोखरा।
गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा २० भलामका दलित समुदायले आफुहरुलाई आवश्यक परेको समयमा थापाले ठूलो सहयोग गर्दै आएपनि मौका नपाउँदा केही काम अधुरै रहेको बताएका छन् ।

उनीहरुले वडा २० को मुहार फेर्ने काम थापाले आफ्नो अधिकारले भ्याएसम्मको विकास गरेको सुनाउँदै मौका पाएमा अझ धेरै विकास गर्नेमा आफुहरु आशावादी रहेको सुनाए । दलित समुदायको नेतृत्व गर्दै आफ्ना कुरा राख्ने क्रममा विष्णु परियारले विन्दु थापाले क्षेत्र २ मा विकासको लहर ल्याएको सुनाइन् । उनले विकासको लहर ल्याएपनि आफुहरुलाई अब खानेपानी र सडक आवश्यक परेको बताइन् ।

‘हाम्रा लागि विन्दु थापाले एकदम हेर्नु भएको छ । उहाँले गर्नुभएको छ । गाउँमा बाटो आएको छ । उहाँले अझै मौका पाउनुभएको छैन् । भन्नाले भड्किराखेको छ । त्यो भएर अहिलेलाई उहाँलाई नै मत’, उनले भनिन्, ‘एक दुई जनाले गरेर पनि नहुँदो रहेछ उहाँको हात वडामा भएन् । वडामा पनि भएको भए हामीहरुको पनि दिन फिर्ने थियो । यहाँ आउने बाटोपनि बनाइदिन्छु भन्नुभएको थियो तर, यहाँका जग्गा धनीले जग्गा नदिदाँ बन्न सकेन । उहाँले मिलाउने प्रयास पनि गर्नुभयो । हाम्रो केही पनि छैन् हाम्रो बस्ने झुपडि बाहेक छैन् ।’

Batas

करिब ४० धुरी रहेको घरमा सोही हारहारीमा मतदाता पनि रहेका छन् । यस्तै प्रदेशसभा सदस्य उम्मेदवार थापाले आफुले सडक ल्याउनका लागि पहल गरेपनि प्राविधिक कारण नमिल्दा असफल भएको बताए । उनले आफुले पाँच वर्ष प्रदेशको संरचना बनाउने काममा व्यतित गरेको सुनाउँदै अबको पाँच वर्ष विकासका लागि रहेको स्पष्ट पारे ।

‘हामीले यहाँ बाटो ल्याउने प्रयास अहिलेपनि जारी राखेकै छौँ तर यहाँ प्राविधिक कुरा नमिलेका कारण सडक जोडन सकिरहेका छैनौँ ’, उनले भने, ‘तत्कालै केहि गर्न सक्ने स्थिति छैन् । निर्वाचनको आचार संहिता लाग्छ त्यसैले निर्वाचन सकिएलगत्तै यसका लागि पुनः पहल हुनेछ त्यसमा ढुक्क हुनुहोस् ।’ थापाले देश विकास गर्नका लागि स्थानीय, प्रदेश र संघमा एकै सरकार हुन आवश्यक रहेको सुनाए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.