www.tandavnews.com
Fact ~ In search of truth

पोखरालाई टेक सिटीको रुपमा अगाडी बढाउँछु : सुबर्ण राज पन्त

पोखरा ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ र प्रतिपक्ष दल गठबन्धनबाट साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पुराना दलले पुरानै अनुहार चुनावी मैदानमा उतारिरहदाँ नयाँ पुस्ता पनि चुनावी मैदानमा उत्रिएका छन् ।

साना भनिएका दल या स्वतन्त्र दलले विभिन्न ठाउँमा नयाँ उम्मेदवार खडा गरिरहँदा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ३२ वर्षिय युवालाई उम्मेदवार बनाएको छ ।

Batas

पोखरा महानगरपालिका–८ सृजनाचोक घर भई स्वास्थ्य सेवामा कार्यरत सुबर्ण राज पन्त उम्मेदवार बनेका हुन् । नयाँ भिजन लिएर युवा लक्षित एजेण्डा र महत्वकांक्षी बाचा नभएकाले पनि उनी यसपटकको निर्वाचनको नतिजा आफ्नै पाेल्टामा पार्ने दाउमा छन् ।

उनीसँग हाम्रा प्रतिनिधीले गरेको अन्र्तवार्ताको केही अंश प्रस्तुत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिनु भएको छ ? कत्तिको बलियो हुनुहुन्छ? 

–मेरो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीमा त्यति बलियो होइन । तुलनात्मक रुपमा पार्टी केही कमजोर छ । कास्की क्षेत्र नम्बर २ वाट उम्मेदवार बनेको छु । मैले युवा भएका कारण र मेरो भिजनका कारण पनि मत पाउँछु भन्ने विश्वस्त छु ।

तपाई युवा हुनुहुन्छ ? युवा लक्षित एजेण्डा के छन ?

–मेरा त्यति ठूला एजेण्डा छैनन्। जनतालाई सपना देखाउने गरि महत्वकांक्षी एजेण्डा पनि ल्याउँदिन। जनतालाई जसरी सेवा गर्न सकिन्छ त्यस्तै महत्वपूर्ण तर साना–साना एजेण्डा लिएर चुनावमा होमिएको छु । विशेषतः मेरो प्रमुख एजेण्डा भनेकै पोखरालाई टेक सिटीकोरुपमा विकास गर्नु हो । यो अहिलेसम्म कुनै दलले पनि एजेण्डा बनाउनुभएको छैन । यो मेरो विरलै नयाँ एजेण्डा हो । म आफै पनि स्वास्थ्यकर्मी भएका नाताले वर्षमा १ पटक सुगर, किड्नी र लिभरको निःशुल्क परीक्षण गराउने व्यवस्था गराउनेछु । हामीले सधै स्वास्थ्य कार्यालय, अस्पताल स्थापना गर्ने भनियो तर, त्यसमा गुणस्तर, नियमित सेवा पाएको छ या छैन ? डाक्टर छ या छैन कहिल्यै बुझेनौ मेरो ध्यान डाक्टर व्यवस्थापन र अस्पतालबाट नियमित दिनुपर्ने सेवा केन्द्रित हुनेछ । सुपथ औषधी पसल स्थापना गर्नु र प्रिभेन्सन गर्नु नै मेरो प्रमुख एजेण्डा हुन। स्वास्थ्य क्षेत्रसँगै पर्यटन व्यवसायमा पनि मेरो लगानी भएकाले पोखराको पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनेछु ।

अहिले पार्टीको कुन जिम्मेवारीमा हुनुहुन्छ ? 

–अहिले म पार्टीको कास्की जिल्लाको सहसचिव हो । यो मेरो दोस्रो कार्यकाल हो । युवा संगठनको सदस्य लगायत विभिन्न पदमा रहे । १२ वर्षदेखी पार्टीमा निरन्तर लागेको छु ।

तपाईका पार्टीका पनि एजेण्डा होलान नी ? 

–हो, पार्टीका पनि एजेण्डा नभएका होइनन् । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारलगायतमा पार्टीले एजेण्डा बनाएको छ । तिनै एजेण्डामा मैले उत्पादनशिल र रोजगारीमूलक शिक्षा, अनिवार्य गराउने, स्वास्थ्य सेवा एप बनाएर वितरण गर्ने, भ्याक्सिनेसनमा जोड दिने, ज्यष्ठ नागरिकको ज्ञान, शीप र क्षमतालाई प्रयोग गर्नु नै मेरा लक्ष्य छन ।

अन्तिममा केही थप्न चाहानुहुन्छ ? 

–यदी म सांसद भए भने सांसद सचिवालय पोखरामा नै खोलेर जनताको सेवा दिनेछु । मेरा मतदाता मलाई खोज्दै मेरो घर, मेरो पार्टी र काठमाडौं धाउन नपरोस । युवा केन्द्रित काम गर्नेछौ । एजेण्डा दोहोयाउने छैनैँ। धर्मान्तरका कुरा पनि छन । हिन्दु धर्मलाई कसरी बुझाउन सकिन्छ यसमा पनि ध्यान जानेछ । सांसद भएपछि मन्त्री हुने होइन कानुन, नीति निर्माणमा नै व्यस्त रहनुपर्छ । मन्त्री कुनै विज्ञ टीमबाट आउने व्यवस्था हुनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा नै मेरो प्राथमिकता रहनेछ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.