www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धनको प्रतिबद्धता : पोखरामा सेटलाइट टाउन निर्माणको पहल गर्ने

पोखरा।
कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने जनाएको छ ।

यस्तै फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचनाकेन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ । होमस्टे सञ्चालन गरी ग्रामिण पर्यटन हबको कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ ।

यसैगरी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता जनाएको छ । गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकाससहित स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने बताएको छ ।

Batas

रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशिलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ । दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ ।

युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय संचालन गर्न आवश्यक सिप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ । हाईकिङ पोईन्ट, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापना लगायन कार्यक्रम गठबन्धनका उम्मेदवारहरुको प्राथमिकतामा छन् ।

रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनीहरुको प्रतिवद्धता छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.