www.tandavnews.com
Fact ~ In search of truth

बतास फाउन्डेसनद्धारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

पोखरा ।

बतास फाउन्डेसनले पश्मिाञ्चाल क्षेत्रीय अस्पताल पोखरा(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । फाउन्डेसनले आज विज्ञप्तिमार्फत अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको जानकारी दिएको हो ।

कोभिड महामारीका बेला अक्सिजन अभावका कारण संक्रमितहरुले ज्यान गुमाइरहेका बेला फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा प्लान्ट खरिदका लागि रकम संकलन अभियान सुरु गरेको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी ५५ लाख बीउ पुँजी राखेर १०० दान अभियान सुरु भएको थियो । उक्त अभियान अन्तर्गत विभिन्न कर्पोरेट हाउस र जनसमुदायबाट ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको फाउन्डेसनले जनाएको छ ।

Batas

०७८ जेठ ६ गते नै प्लान्ट खरिद गरिसकेको भएपनि सरकार कार्गो कम्पनी र आयतकर्ताबिचको असमझदारीका कारण ल्याउन ढिलाई भएको विज्ञप्तिमा जनाइएको छ ।

प्लान्ट जडान भई हस्तान्तरण भएको र यसको सम्पुर्ण आयव्यय विवरण छिट्टै सार्वजनिक गर्ने फाउण्डेसनले उल्लेख गरेको छ ।

विज्ञप्ति

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.