www.tandavnews.com
Fact ~ In search of truth

बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न सोमबार ४ बजेसम्मको समय सीमा

काठमाडौँ ।
वागमती प्रदेशमा सरकार गठनका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न २५ गते सोमबार अपराह्न ४ बजेसम्मको समय सीमा तोकेका हुन्।

कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयद्वारा  जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.