www.tandavnews.com
Fact ~ In search of truth

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ।
आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरी कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी रु दुई करोड सात लाख छ ।

यस्तै, नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू ४८ करोड ५७ लाख ६० हजार छ ।

Batas

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.