www.tandavnews.com
Fact ~ In search of truth

नेप्से परिसूचकमा पहिरो

काठमाडौँ।

लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै दुई सय तीन कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ६३ लाख २६ हजार एक सय पाँच कित्ता शेयर रु दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ मूल्यमा खरिद बिक्री भए ।

कारोबारका आधारमा छिमेक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ७० लाख ७३ हजार बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु सात करोड ९६ लाख ४१ हजार पाँच सय ३२, हिमालयन डिस्टिलरी रु सात करोड २१ लाख ८९ हजार तीन सय ८५, साना किसान विकास बैंक रु छ करोड ६ लाख ८७ हजार आठ सय ८४ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रु छ करोड २८ हजार आठ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये आज कूल ४० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट भएको छ । यस्तै, नेपाल हाइड्रो चार दशमलव ८२, सामलिङ पावर कम्पनी चार दशमलव ७७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो तीन दशमलव ४३, प्रभु बैंकको ऋणपत्र एक दशमलव ९९ र सानिमा लार्ज क्यापका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन् ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.