www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं ।
आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले आज लिन सक्ने र आजै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गर्ने कार्यतालिका छ। यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो।

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको आयाेगले जनाएकाे छ ।

Batas

राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्। दुवै उम्मेदवारहरु विरुद्ध कुनै उजुरी र दावी विरोध परेको छैन ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। मतदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका ५५० सदस्य र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन्।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.