www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ : सात महिनामा १४ दुर्घटना ६ को मृत्यु

ढोरपाटन।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने १३ गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाइ गर्नुका साथै सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएपनि दुर्घटना न्यूनीकरण भएको छैन ।

जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार विस्तार भइरहेका ठाउँमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काले बताए। उनले ग्रामीण सडक साँघुरो, धेरै कच्ची हरेको र त्यस्ता सडकमा तीव्रगतिमा यातायातका साधान चलाउदा दुर्घटना हुने गरेको बताए।

Batas

जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन् । ती सडकमा चालकले मादकपर्दाथ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको उनकाे भनाइ छ । उनले भने,“ दुर्घटना न्यूनीकरणका लागि गाउँ–गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनुपर्ने देखिन्छ, त्यो हामीहरुले गरी राखेका छौँ ।”

जिल्लामा गाडीले क्षमताभन्दा बढी बोक्ने हुँदा दुर्घटनाको जोखिम बढिरहेको बताए। उनले आठ महिनाको अवधिमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधानलाई कारबाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्वसमेत सङ्कलन गरेको बताउछन्। कारबाही गरे मात्रै दुर्घटना नरोकिने उनको भनाइ छ ।

गत साउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन् । यस अवधिमा दुई हजार नौ सय ४९ मोटरसाइकल र आठ सय दुई वटा टिपर कारबाहीमा परेका छन् । ट्राफिक बागलुङको तथ्याङ्क हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँच लाख ४६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

तथ्याङ्क हेर्दा आठ सय ७० बस, दुई हजार तीन जीप, एक हजार एक सय ४३ ट्याक्टर र ३३ वटा अन्य सवारीसाधान कारबाहीमा परेका छन् । हालसम्म ट्राफिक नियमको उल्लङ्घन गर्ने ट्याक्टरबाट सात लाख ८५ हजार, जीपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँच लाख ८४ हजार ५०० रुपैयाँ र अन्य सवारी साधानबाट २० हजार सङ्कलन भएको छ ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.