www.tandavnews.com
Fact ~ In search of truth

नगर विकास कोषको सदस्यमा स्याङ्जाका हिक्मत जंग कार्की नियुक्त

काठमाडौं।
शहरी विकास मन्त्रालय अन्र्तगतको नगर विकास कोषको सञ्चालक समितिमा स्याङ्जाका हिक्मत जंग कार्की नियुक्त भएका छन्। नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्रीस्तर निर्णयबाट कार्की नगर विकास कोषको सञ्चालक समितिमा नियुक्त भएका हुन्।

उनले अहिले बेलायतस्थित युनिभरर्सिटी अफ इट लण्डनबाट अन्तराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्दै छन्। सन् २०२२ को जुन २६ देखि ३० सम्म पोल्याण्डमा सम्पन्न  UN Habitat को आयोजनामा विश्व शहरी फोरममा नेपालको तर्फबाट सहभागी कार्कीसँग नयाँ शहर निर्माणमा अन्तराष्ट्रिय अनुभव समेत रहेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका कार्की विभिन्न संघ संस्थामार्फत सामाजिक कार्यक्रम सक्रिय छन्। उनलाई दुई वर्षका लागि नगर विकास कोषको सञ्चालक समितिमा नियुक्ति दिइएको हो ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.