www.tandavnews.com
Fact ~ In search of truth

 IOE कै इतिहासमा पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न

पोखरा।
पोखराको लामाचौर स्थित ई. अ. सं. पश्चिमान्चल क्याम्पसमा  इन्जिनियरिंग अध्ययन संथानमा पहिलो पटक काठमाडौँ बाहिर शैक्षिक बर्ष २०७९/०८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स बिषयको प्रवेश परीक्षा भएको छ ।

यो पटक जिओम्यटिक्स बिषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने बिद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा व्यवस्था मिलाईएको जानकारी क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मल प्रसाद बरालले जानकारी गरानुका साथै आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य बिषयहरू अध्ययन गर्न चाहने बिद्यार्थीहरूका लागि पनि  पश्चिमान्चल क्याम्पसमा प्रवेश परीक्षा दिन मिल्ने व्यवस्था गराउने गरी अवश्यक प्राविधिक तयारी पनी पुर्ण भएको बरालले जानकारी दिए।

ई. अ. सं अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययन गर्न चाहाने बिद्यार्थीले प्रवेश परीक्षा दिन यस आगाडी काठमाडौँ  नै धाउन पर्ने बाध्यता थियो अव त्यो बाध्यता हटेको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.