www.tandavnews.com
Fact ~ In search of truth

अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा

काठमाडौँ।

अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा एक हजार दुई सय ६२ जनाको सहभागिता रहनेछ । सम्मेलनले आगामी तीन वर्षका लागि नीति, कार्यक्रम पारित गर्नुका साथै नेतृत्व चयन गर्ने सङ्घका संयोजक थममाया थापाले जानकारी दिइन्।

अनेमसङ्घले राष्ट्रको अग्रगमन र समृद्धिका लागि राज्यको हरेक संरचनामा महिलाको समानुपातिक समावेशी सहभागिताका साथै महिला हिंसाको अन्त्य, शान्ति, सुशासन र सामाजिक न्यायप्राप्तिका उद्देश्यले निरन्तर काम गरिरहेको उनको भनाइ थियो ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.