www.tandavnews.com
Fact ~ In search of truth

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

जोमसोम ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।

मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् ।

Batas

यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गुरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरको उपस्थितीमा पदस्थापन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.