www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनमा आचारसंहिता कार्यान्वयन गर्न आग्रह

चितवन ।
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ ।

मुख्य निर्वाचन अधिकृत बासु न्यौपानेले आचारसंहिता कडाइका साथ लागू गरिने बताए। “कोही कसैबाट उल्लङ्घन भएमा तत्काल सूचना दिनुहोला । तत्काल कारबाही हुन्छ”, उनले भने।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहितामा भएका व्यवस्थालाई कोही कसैले पनि हल्का रुपमा लिन नहुने बताए। उनले भने, “हरेक राजनीतिक दल तथा उम्मेदवारले आफ्ना गतिविधिबारे प्रशासनलाई नियमित जानकारी दिने र स्वीकृति लिने गर्नुपर्छ ।”

Batas

आचारसंहिता पालन गर्नका लागि बनाइने भए पनि उल्लङ्घन बढी हुने गरेको दलका प्रतिनिधिले गुनासो गरेका छन् । यसअघिका निर्वाचनमा आचारसंहिता कार्यान्वयन नभएको जनाउँदै यस पटक कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

नेपाली कांग्रेसका सचिव धु्रव पोखरेलले आचारसंहिता पालनमा सबै सजग हुनुपर्नेमा जोड दिए। नेकपा (एमाले)का प्रतिनिधि मुकुन्द दाहालले आचारसंहिता पालना गर्ने सबैको कर्तव्य भए पनि कार्यान्वयनमा कतिपय दल चुकेको जनाउँदै यसतर्फ सबै पक्षको ध्यानाकर्षण गराए।

मङ्गोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले ठूला दलले आचारसंहिता उल्लङ्घन गर्ने गरेको गुनासो गरे।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.