पोखरा ।
नेपाल सितोरियो काराँते संघ कास्कीको आयोजनामा ‘जुनियर बेल्ट अपग्रेड’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजित कार्यक्रममा कास्कीका १७ वटा डोजोबाट ३२७ जना खेलाडीले बेल्ट अपग्रेड गरे ।
सो अवसरमा सितोरियो कराँते कास्कीका अध्यक्ष धन लामाले पछिल्लो समय कराँते खेलप्रती आकर्षण बढीरहेको बताए । प्रतियोगिताहरुमा मात्रै नभई स्वास्थ्यका लागि पनि महत्वपुर्ण भएकाले विशेषतः कराँतेको क्रेज बढ्दै गइरहेको उनको भनाई थियो । बेल्ट अपग्रेड भएका खेलाडीहरुलाई उनले थप उत्साहका साथ अघि बढ्न सुझाए ।

कार्यक्रममा सितोरियो कराँते संघ कास्कीका महिला उपाध्यक्ष रामदेवी पुन, कोषाध्यक्ष मनराज भण्डारी, संघका बरिष्ठ सल्लाहाकार मनोज गुरुङ, नेपाल भलिबल संघका पुर्व सचिव राम भण्डारी, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, कराँते महासंघ पोखरा महानगरका सचिव अमृत अधिकारी, सल्युट गोर्खाका प्रशिक्षक मनोज रायमाझी, विभिन्न डोजोका प्रतिनिधि, खेलाडीहरुका अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
संघका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण लामाले उपस्थितहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र गिरी (आर.सी)ले गरेका थिए ।
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.