www.tandavnews.com
Fact ~ In search of truth

दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन नयाँ शिविर खाेल्दै

जुबा ।

दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबार  दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ ।
Batas
ती आश्रय लिइरहेका शरणार्थीलाई बसोबास गर्न जग्गा छुट्याउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल अटकले पत्रकार सम्मेलनमा बताएका छन् ।
उनले सुडानसँगको सीमा नजिक रहेको रिसेप्शन सेन्टरबाट शरणार्थीलाई नयाँ शरणार्थी शिविरमा स्थानान्तरण गर्न सरकारले मानवीय साझेदारसँग समन्वय गरिरहेको पनि जनाकारी दिएका छन् ।
मन्त्री अटकले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीलगायतका निकायले शरणार्थीलाई आश्रय दिने, विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गर्ने र आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठनले नयाँ शिविरमा यातायातको व्यवस्था गरिरहेको पनि बताएका छन् ।

 

रासस/सिन्ह्वा

–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.