
पोखरा ।
कास्कीका पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघले थालेको सदस्यता शुद्धीकरण अभियानलाई निष्पक्ष गराउन ध्यानाकर्षण गराएका छन् । आज संयुक्त अपिल जारी गर्दै संगठनहरुले मापदण्डप्रति पूर्ण समर्थन रहेको उल्लेख गर्दै मापदण्डको अक्षरशः पालना हुनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष वाशुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष कृष्ण दवाडी र समाजवादी प्रेस संगठन कास्कीका सचिव भिम थापाले संयुक्त अपिल आज पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीलाई बुझाए ।

अपिलमा भनिएको छ,‘ महासंघले पत्रकारिता पेशालाई मर्यादित बनाउन तय गरेको १५ बुँदे मापदण्डप्रति हाम्रो पुर्ण समर्थन छ । हामी महासंघ केन्द्रले निर्धारण गरेको मापदण्डको अक्षरशः पालना गर्दै सदस्यता शुद्धीकरण अभियानलाई पूर्णता दिन महासंघ कास्की शाखाको ध्यानाकर्षण गराउँछौं ।’
संगठनहरुले अभियानलाई नजिकसँग नियालिरहेको बताउँदै महासंघले काखा पाखाको व्यवहार नगर्न समेत सुझाएको छ । ‘शुद्धीकरण अभियानको क्रममा किन्तु, परन्तु, दायाँ, बायाँ, काखी च्याप्ने पर पार्ने कार्य नहोस् । हामीलाई हामीले चुनेको नेतृत्वसँग विश्वास छ, तल माथि भएमा त्यस्तो निर्णय हामीलाई मान्य नहुने व्यहोरा पनि यसै अपिलमार्फत जानकारी गराउँछौं’ संयुक्त अपिलमा उल्लेख छ ।
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.