www.tandavnews.com
Fact ~ In search of truth

शारदा मा.वि.मा निशुल्क दन्त परिक्षण

हेमजा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका १ खहरेटोलमा रहेको शारदा माध्यमिक विद्यालयमा विहिबार निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

लियो क्लब अफ पोखरा नर्थको आयोजना एंव कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजन गरिएको थियो । एक दिने निशुल्क दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।

परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपर्ने, दाँत भर्न पर्ने लगायतका समस्याहरु देखिएको र अन्यको दन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिए ।

Batas

पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिइने बताइन् ।

सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दन्त स्वास्थ्य परिक्षण सहितको जनचेतना कार्यक्रम गरि सहयोग गरेकोमा धन्यवाद दिइन् ।

रेडियो हेमजाका स्टेशन म्यानेजर एंव लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीले आयोजक, प्रविधिक समुह ,विद्यालय परिवार लगाएत सहभागि विद्यार्थीहरुलाई बिषेश धन्यवाद दिँदै शैक्षिक निरन्तरताका साथ नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्यमा लाग्नु पर्ने जोड दिए ।

लियो क्लबका अध्यक्ष मनिष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लियो प्लेज सिद्धार्थ सापकोटाले ,ध्वजाको अभिवादनस्वस्थिका बरालले साथै सहजिकरण क्लबका प्रथम उपाध्यक्ष अनिष दाहालले गरेका थिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.